ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ को कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ ।
स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ । संगिताको घरमा डेरा गरी बस्ने ६७ वर्षिया चुलीमाया लिम्बू आगलागीमा परी मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार आगलागीबाट गम्भिर घाइते लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अनुसार अहिले आगो नियन्त्रणमा आएको छ। सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलले केही बेरअघि आगो नियन्त्रणमा लिएको हो । आगो लाग्नुको कारण खुलेको छैन । आगलागीबाट भएको क्षतिसमेत अहिले यकिन भएको छैन ।