इन्डो-नेपाल क्रिकेट : एमसिसी विराटनगर विजयी

इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगर जुटमिल खेल मैदानमा भएको प्रतियोगिताको आजको खेलमा एमसिसीले होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले पराजित ग-यो ।

टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले १७ दशमलव पाँच बलमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो भने १२९ रनको विजय लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १६ दशमलव पाँच ओभरमा आठ विकेटको क्षतिमा सो लक्ष्य पूरा गरेको थियो ।

एमसिसीका हासिम अन्सारी ३८ बलमा ३८ रन बनाउनुका साथ ‘म्यान अफ म्याच’ घोषित भए । पहिलो सेमिफाइनल खेल फागुन २७ गते शुक्रबार एमसिसी ‘ए’ र पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा हुने एकेडेमीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार