गोरखा । चुरोट खाने विषयमा विवाद हुँदा काकाले भतिजको हत्या गरेका छन् । गोरखा नगरपालिका १२ छापगाउँका ५९ वर्षिय पदमबहादुर कुमालले भतिज नाता पर्ने ४६ वर्षिय काशीराम कुमालको हत्या गरेका हुन् ।
अत्याधिक मदिरा सेवन गरेका काका पदमबहादुर कुमालले चिर्पटले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए।
फागुन २१ गते राति उक्त घटना भएको र बुधबार पिडकलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी खनालले बताए। मृतकका छोरा अप्सर कुमालले बाबुको हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन्।