दुर्घटना कम गर्नेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना कम गर्नेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।सङ्खुवासभाको मादीमा आज बिहीवार भएको बस दुर्घटनामा १५ जना यात्रुको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले ‘सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु’, उनले भनेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार