सुपारी, केराउ र मरिचको आयात खुला

काठमाडौं । विवादकै बीच सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । राजपत्रमा सूचना जारी गर्दै यस्ता वस्तु आयातमा २४ चैत २०७६ मा लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार प्रकाशित रापजत्रमा सूचनामा कुन वस्तुको आयात कति परिमाण हुने भन्नेबारे प्रष्ट रुपमा केही खुलाइएको छैन । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योगले नै आयात गर्न पाउने गरी आयात खुला गरिएको राजपत्रमा उल्लेख छ ।

उद्योगहरुले आयात अनुमतिका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ । इन्डोनेसिया, मलेसिया, क्यानडा लगायतका मुलुकबाट आयात हुने सुपारी र केराउ नेपालबाट तस्करी भएर भारतीय बजार पुग्ने भन्दै आयात खुला नगर्न अर्थ विद्हरुले सरकारलाई सुझाब दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार