काठमाडौं । माघ महिनामा १४ वटा औषधि पसल कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागले नियम उल्लंघन गरेको भन्दै माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ ।
विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४(क) बमोजिम ती पसलहरूलाई ७ देखि २ महिनासम्म कारोबार गर्न नपाउने गरी निलम्बनको कारबाही गरेको हो ।
काभ्रेपलाञ्चोक, तनहुँ, गोरखा तथा लमजुङमा माघ महिनामा गरेको अनुगमनको क्रममा त्रुटि फेला परेपछि उक्त औषधि पसललाई कारबाही गरिएको विभागले जनाएको छ ।
कारबाहीमा पर्नेमा काभ्रेपलाञ्चोकको श्री सिटी फार्मेसी, आरोग्यता मेडिकल हल, सुविधा फार्मेसी, श्री उद्धव फार्मेसी छन् । त्यसैगरी, तनुहँको श्री अन्जना फार्मेसी, श्री समाधान फार्मेसी, श्री श्रेया फार्मेसी, श्री तनहुँ डेन्टल केयर प्रालि, गोरखाको श्री ठाँटीपोखरी फार्मेसी, श्री योगजीवी मेडिकल हल, श्री भिगोर फार्मेसी, छेपेटार फार्मेसी र लमजुङको श्री सुयोग फार्मेसीलाई निलम्बनको कारबाही गरेको हो ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार सबैभन्दा बढी कैफियत गर्नेमा व्यवसायी अनुपस्थित रहेको पाइएको छ ।