श्रीलंका पुलिसमाथि नेपालको सानदार जित

करणको अलराउण्ड प्रदर्शन

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसमाथि सानदार जित हासिल गरेको छ । श्रीलंका पुलिसको मैदानमा बिहीबार भएको खेलमा नेपालले १ सय ४४ रनको फराकिलो जित निकालेको हो ।नेपालले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा मात्र १ सय ८७ रन बनाउँदा अलआउट भयो ।

नेपालको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका करणले बलिङतर्फ ४ विकेट हात पारे ।यस्तै सागर ढकाल तथा कप्तान सन्दीप लामिछानेले समान २र२ विकेट लिए । कमल सिंह ऐरीले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन बनायो ।श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरे । अर्धशतक बनाउनेमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल र करण केसी रहे ।

रोहितले नेपालका लागि सर्वाधिक ७२ रनको इनिङ खेले । कुशलले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा करणले अविजित ५३ रन जोडे । अर्का ओपनर आसिफ ५२ रन बनाएर मैदान बाहिरिए ।कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गरे । आरिफ शेखले ३५, बिनोद भण्डारीले ३, पवर सर्राफले ३ र भिम सार्कीले २ रन बनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार