काठमाडौंको मेयर हुने महानायक राजेश हमालको इच्छा (भिडियो)

काठमाडौं । महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा व्यक्त गरेका छन् ।प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रमको टे्रलरमा उनले काठमाडौंको मेयर हुने इच्छा व्यक्त गरेका छन् ।

हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।

सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन्’ हमालले अगाडि भनेका छन् ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एकपटक काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार