लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगको हो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजिरहेको बताएका छन् । जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा समूहगत छलफलपछि उठेका प्रश्नको जवाफ दिर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले अहिले आफुहरुको लडाई प्रतिगमनकारी दक्षिणपन्थी शक्तिहरूसँगै भइरहेको पनि बताए ।

अध्यक्ष नेपालले विशिष्ट परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको भन्दै केपी शर्मा ओलीको प्रतिगामी कदमका कारण संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताको अधिकार रक्षाका खातिर आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने बताए ।

‘हाम्रो फोकस जोसँग लडाई छ, त्यहाँ केन्द्रीत भएर लाग्नुपर्छ । प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै छ’, अध्यक्ष नेपालको भनाइ छ । त्यसक्रममा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन समेत दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार