नेपाल एयरलाइन्सले १३ चैतदेखि काठमाडौं–मुम्बई उडान पुनः सुरु गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको छ ।नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ । काठमाडौं–मुम्बई–काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार जहाज उड्नेछ ।

कोभिड१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्षयता हवाई उडान बन्द रहेको यो रुटमा १३ चैतदेखि पुनः उडान सुरु गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सले अहिले नयाँ दिल्लीमा नियमित उडान गरिरहेको छ । कोरोना महामारी कम भएपछि वायुसेवा कम्पनीहरुको गुमेको बजार पुनर्स्थापित हुने क्रममा रहेको छ । निगमले नयाँ दिल्लीमा समेत दैनिक दुई जहाज उडान गर्ने घोषणा गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार