सुकुम्बासीलाई जग्गा बाँड्ने कार्यमा तीव्रता, १५९ स्थानीय तहमा दरखास्त आह्वान (सूचीसहित)

काठमाडौं । राष्ट्रिय भूमि आयोगले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने तयारी गरिएको । चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो ।

यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ ।

आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि सूचना निकालेको हो । आयोगले बिहीबार जारी गरेको सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी आजको मितिदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार