आयल निगमको नेतृत्वमा तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले चन्डिकाप्रसाद भट्ट, जिवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाफा सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद् बैठकले निगमको नेतृत्व सुम्पिने छ ।

निगमको कार्यकारी पदको आवेदन खुलाएपछि १७ जनाले आवेदन दिएका थिए । ती मध्येबाट ३ जना सिफारिस भएका हुन् । यसअघिका निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि निगम नेतृत्वविहीन बनिरहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार