शनिबार थप २ हजार ६ सय १८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

संक्रमितको संख्या दुई लाख ९७ हजार ८७

नेपालमा शनिबार थप २ हजार ६ सय १८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको सात हजार ५ सय २५ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ८६ र १ हजार १४३ वटा एन्टीजेन परिक्षणका क्रममा १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् भने ७१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

Loading...