नेपाल बार निर्वाचन : २५ पदका लागि ७५ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् । बुधबार प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्षमा मात्र ८ जनाको उम्मेदवारी परेको छ ।

सत्तारुढ दल निकट प्यानलबाट अध्यक्षमा नेपाली कांग्रेस निकट गोपालकृष्ण घिमिरे र एमाले निकट प्यानलबाट अध्यक्षमा विष्णुमणि अधिकारी उम्मेदवार बनेका छन् ।

यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् । नेकपा एमाले निकट कानुन व्यवसायी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार