काठमाडौं-दिल्ली रुटमा निगमले दैनिक दुई उडान गर्ने

नेपाल वायुसेवा निगमले काठमाडौँ-दिल्ली रुटमा दैनिक दुई उडान गर्ने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले फागुन ३० गतेबाट दिल्लीमा दुई उडान गर्ने जानकारी दिएका हुन् ।

भारतले नेपालसँग भएको एयरबबल सम्झौता रद्द गरेसँगै निगमले दैनिक दुई उडान गर्न लागेको हो । निगमले दिल्लीमा अहिले दैनिक एउटा मात्र उडान गर्दै आएको छ ।

उडान संख्या बढेसँगै भाडा पनि घट्ने छ । तर, भाडा कति रहने भन्ने यकिन भने गरिसकेको छैन ।

अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो । भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान शुरु गर्ने तयारी गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार