उदयपुरको कटारीमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

ग्लोबल आईएमई बैंकले कटारी शाखाको औपचारिक उद्घाटन गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयाश कार्कीले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन्  ।

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमई बैंकले मुलुकका विभिन्न सहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्नेछ ।  ग्लोबल आईएमई बैंकले मुलुकभर २ सय ८७ शाखा, २ सय ५२ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा  प्रदान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार