पार्टीको पत्रकार सम्मेलन प्रधानमन्त्री देउवा नजाने

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्न पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति देउवा नजाने भएका हुन् ।

काँग्रेसले स्थानीय तह निर्वाचन अभियान घोषण गर्न आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छ । कार्यक्रममा यसअघि प्रधानमन्त्री देउवा जाने बताइएको थियो। पत्रकार सम्मेलनमा उपसभापतिहरू,महामन्त्रीहरूलगायत पार्टीका शीर्ष नेताको उपस्थिति रहनेछन्।

कांग्रेसले स्थानीय तहका लागि ुघरघर जाउँ, कांग्रेस जिताऔुं नारा तय गरेको छ। कांग्रेसले ७७ जिल्लामा स्थानीय तह निर्वाचन केन्द्रीत प्रतिनिधिहरु खटाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार