एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, स्थानीय तह निर्वाचन केन्द्रित छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक सुरु भएको हो । उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकपछि पार्टीले आफ्नो सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा लगाउनेछ । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ।

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए। प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदनको विषयमा पनि छलफल हुने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार