संवैधानिक इजलास सम्बन्धी रिट कामु प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने विषयको टुङ्गो लगाउन अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ । उक्त रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासमा राखिएको छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक इजलासमा पठाउने प्रयोजनका लागि उक्त रिट कामु प्रधानन्यायाधीशको इजलासमा पारिएको हो ।

आफैँ विपक्षी भएको रिटमा प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न हुने कि नहुने भन्ने विवादकै बीच तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिक्युजलको घोषणा गरेपछि अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै रिट दर्ता गरेका थिए ।

उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेपछि न्यायाधीश फुयाँलले यस विषयको अन्तिम आदेश नआएसम्म प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतको नाममा अन्तरिम आदेश दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार