आगलागीबाट घरभित्र सुतिरहेका एक बालकको मृत्यु

काठमाडौं । बर्दियामा आगलागीमा परी एकजना बालकको ज्यान गएको छ ।बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीमा परी १४ वर्षीय दिनेश चौधरीको ज्यान गएको हो । मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

आगलागी भएको समयमा १४ वर्षीय चौधरी घरमा एक्लै सुतिरहेका र आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले १० ५५ मा आगो नियन्त्रणमा लिएको थियो । चौधरीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको डिएसपी शाहीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार