एमसीसी पास गरेको भन्दै माओवादी केन्द्रका जिल्ला नेताद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । एमसीसी राष्ट्रहित विपरित रहेको जान्दा जान्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट पास गर्न भुमिका खेलेको भन्दै पार्टीका महोत्तरी जिल्ला संयोजक तुलसी ढुंगानासहितले राजीनामा दिएका छन्। प्रेस विज्ञप्ती जारी गर्दै उनीसहितले राजीनामा दिएका हुन्।

एमसीसी पारितको विपक्षमा उभिएका माओवादी प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।

एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्ततः सदनबाट पारित गराउन सहमति जनाएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार