माधव नेपालकाे राजनीतिक प्रतिवेदनः ‘निर्वाचन चुनौतीपूर्ण’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले देशभर आफ्नो संगठन कमजोर रहेको स्वीकार गरेको छ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले तत्काल संगठन बलियो हुन नसकेको उल्लेख गरिएको छ। ‘अहिले हाम्रो पार्टीमाथि चुनौती खडा भएको छ। जहाँ निर्वाचन हुन्छ त्यहाँ पार्टीको उपस्थिति भएन भने समस्या उत्पन्न हुन्छ। त्यसकारण अहिलेको आवश्यकता संगठन निर्माण नै हो’, प्रतिवेदनमा भनिएको छ।

गत भदौ ९ मा एमालेबाट विभाजित भएर बनेको नेकपा एसको केन्द्रीय कमिटीको बैठक बुधबार काठमाडौंमा सुरु हुँदैछ। सो बैठकमा प्रस्तुत गर्न अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचन घोषणा भैसकेको र त्यसका लागि सबै स्थानीय तह र जिल्लामा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अध्यक्ष नेपालले प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको उल्लेख गरेका छन्।

‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन, नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’ उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार