पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति संसदीय समितिको चासो

काठमाडौं । रुस र युक्रेन युद्धको प्रभाव अन्तराष्ट्रिय बजारमा देखिएको छ । विशेष गरी अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । कच्चा तेलको मूल्य अहिले सम्मकै उच्च विन्दूमा पुगेको छ । यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि संसदीय समितिले चासो देखाएको छ । संघीय संसद्अन्तर्गतको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी चासो देखाएको हो ।

यही क्रममा समितिले अर्थमन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय र नेपाल आयल निगमसँग यस विषयमा जानकारी समेत लिएको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, यसमा सरकारले लिने कर तथा बिक्री बापतको घाटा सम्बन्धी जानकारी लिन समितिले छलफल नै गर्ने भएको छ ।

समितिले बुधबार यस विषयमा छलफल गर्ने भएको छ । छलफलमा अर्थ, उद्योग तथा वाणिज्य मन्त्रालय र निगमलाई बोलाइएको समितिले जानकारी दिएको छ । पेट्रोलियम पदार्थमा लिँदै आएको उच्च कर घटाउने विषयमा छलफल गर्न लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार