सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् ।

यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे ।

यादव यसअघि पनि सिराहा सभापति थिए । उनी पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

सिराहा कांग्रेस अधिवेशनमा दुई हजार चार सय ७३ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार