एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागु हुँदैन : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छिन्। मन्त्री झाँक्रीले अरू धेरै देशले यो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आलोचकहरूलाई प्रश्नसमेत गरिन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज मङ्गलवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधी विश्वमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन । सरकारले स्वीकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई देशको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्कसमेत गरिन् ।

मन्त्री झाँक्रीले भनीन्, ‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा बहस गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरूले के कुरा नबझुको हो ? हामी मात्रै सार्वभौकिताका लागि यति साह्रै चिन्तित भएको हो त रु त्यसो त नहोला ।’

मन्त्री झाँक्रीले एमसीसी संसदमा बहस भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताइनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार