महिला अधिकारको मुद्धा बलियो बनाउन सातै प्रदेशका सांसदहरु छलफलमा

काठमाडौं । महिला सांसदहरुले महिला अधिकारको मुद्धा बलियो बनाउन सातै प्रदेशका सांसदहरुसंग छलफल सुरु गर्ने भएका छन् ।महिला दिवसको सन्र्दभमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा समाजिक समितिले सातै प्रदेशका सांसदहरुसंग एकीकृत छलफल सुरु गरेको हो ।

कार्यक्रममा महिलाका हकहित, सुरक्षा, संविधान प्रदत्त अधिकार, प्रदेश र स्थानीय सरकार बनि सकेपछिका उपलब्धिमाथि बहस गरिएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले महिलाका पक्षमा भएका कानुनहरूको कार्यान्वयन केन्द्र सरकारले मात्र गरेर नपुग्ने र प्रदेश सरकारको पनि उत्तिकै भूमिका हुने बताइन् ।

उनले संघ र प्रदेशबिचको समन्वय, सहकार्य र सहअस्तित्वका साथ महिलाका हकहितमा अघि बढेमात्र महिलालाई न्याय हुने बताइन् । सभापति पालले महिला हकहितमा भएका कानुन कार्यान्वयन तथा संविधानसँग बाझिएका ऐन संशोधनमा स्थानीय र प्रदेश सरकारको पनि उत्तिकै साथ र सहकार्य आवश्यक रहेको बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार