छोरी पाउने सवैभन्दा भाग्यमानी हुन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छोरी पाउने सबैभन्दा भाग्यमानी भएको बताएका छन् ।अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उनले महिलाहरु शसक्त हुँदै गएको बताए ।

ओलीले हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको बताउँदै महिला शिक्षामा जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्दै उनले बढ्ता भाग्यमानीले छोरी पाउने बताए । उनले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताए । उनले छोरीहरू पढाईमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको बताए ।

शारिरिक रुपमा पुरुषजति बराबर हुन नसकेपनि बौद्धिक रुपमा महिलापनि पुरुषभन्दा अगाडि रहेको ओलीको भनाइ छ । उनले महिला पीडित हुने विषयलाई गम्भीर रुपमा लिएको बताउँदै गत वर्ष एसिड आक्रमणका सन्र्दभमा कडा खालको कानुन ल्याएको उल्लेख गरे ।

मनुस्मृतिमा महिला बिरुद्ध भएका कुरा पछि पण्डितहरूले ४ सय श्लोक थपेर विकृत बनाईदिएको उनको दावी छ । मनुस्मृतिमा ४ सय नचाहिने श्लोक घुसाएर मनुस्मृतिको बदनाम गरिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार