कमिसन नबढाए ग्याँस र पेट्रोलको बिक्री रोक्ने व्यवसायीको चेतावनी

काठमाडौं । कमिसन नबढाए ग्याँस र पेट्रोलको बिक्री रोक्ने व्यवसायीले चेतावनी दिएका छन् ।पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघ आन्दोलित भएका हुन् ।

पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघ आन्दोलित भएका हुन् ।

सोमबार एक संयुक्त विज्ञाप्ति जारी गर्दै तीन वटै संस्थाले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार