हरियो मतपत्र प्रयोग गर्ने आयोगको निर्णयप्रति ओलीको आपत्ति (भिडियोसहित)

भने-कुन हिसाबले हरियो राखियो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेको प्रति आपत्ति जनाएका छन् । अखिल नेपाल महिलासँगले अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यसलाई सच्याउनु पर्ने बताएका हुन् ।

‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टि निकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा भने, ‘किन राख्ने ? यति हो भने कुन हिसाले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’

ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन भनेर हरियो राख्ने हो ? यदि निर्वाचन अयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार