भक्तपुरमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

भक्तपुरमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । गएराति चाँगुनारायण नगरपालिका–७ बागरेमा तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा करिब ४० वर्षीया महिलाको अर्धनग्न शव फेला परेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत फेलापरेकी ती महिला जेनिसा नगरकोटी रहेको खुलेको छ । उनको ठेगाना काभ्रेको नमोबुद्ध रहेको पनि खुलेको छ । केहि समयदेखी उनी तरकारी खेती हुँदै आएकी थिइन् ।

महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको छ । हाल घटनास्थल प्रकृति तथा शवको जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरमा अर्धनग्न अवस्थामा भेटियो महिलाको शव

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार