मालवाहक ट्रक सडकमा अड्कियो

काठमाडौं । कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाबाट जोगिएको छ । कालीकोट खण्डको मोडमा खाद्यन्न बोकेको ट्रकको ५० प्रतिशत भाग सडकबाट तल गइ अड्कीएको थियो । उक्त ट्रकमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार रहेको बताइएको छ ।

घटना आइतबार दिउँसोको हो ।नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको तर खस्नबाट जोगिएको छ । प्रहरीले साङ्लोले बाँधेर ट्रकमा लोड गरिएको पौष्टिक आहार सुरक्षित निकालेको छ ।

यस क्षेत्रमा मोड साँघुरो भएका कारण यस अघि पनि दुर्घटना हुने गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार