खप्तड गोल्डकपः आज मछिन्द्र र बागमती भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) एक खेल हुँदैछ ।धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने चाहँनाका साथ मैदान उत्रिनेछन् । आजको विजेताले सेमिफाइनलमा फ्रेन्ड्स क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार