कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापतिद्वारा निर्वाचन केन्द्रित ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ।गाउँ जाऔं, कांग्रेस जिताऔं अभियानका लागि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक आज बिहान सुरु भएको हो। बैठक आसन्न स्थानीय निर्वाचनकेन्द्रित छ।

विभिन्न जिल्लाका केन्द्रीय सदस्यहरूले निर्वाचनकेन्द्रित विषयमा सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिरहेका छन्। बैठकमा पछिल्ललो राजनीतिक घटनाक्रम र स्थानीय चुनावको विषयमा समेत छलफल हुने बताईएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार