मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौं । कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ ।

कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २६ वर्षिया निभा पटेल, अर्को मोटरसाइकलका चालक फेटा गाउँपालिका १ भलुही बस्ने १९ वर्षीय प्रदीप कुमार दास, सोही मोटरसाइकलमा पछाडि सवार भलुहीकै २० वर्षीय रोहित कुमार दास, १९ वर्षीय रामविनय दास घाइते भएको डिएसपी थापाले जानकारी दिए ।

घाइते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाइकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरूको वीरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार