परराष्ट्रमन्त्री खड्का आज टर्की जादैँ

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज (मंगलबार) टर्की जादैँ छन् । टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

टर्की भ्रमणका बेला त्यहाँका समकक्षिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले बताएका छन् । भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उनको भनाई छ ।

फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई निमन्त्रणा गरिएको छ । अन्य देशका विदेशमन्त्रीसँग पनि भेटघाट गर्ने उनले जनाए ।

टर्कीको विदेश मन्त्रालयले फोरममा सहभागी हुन युद्धरत रुस र युक्रेन दुवै देशका विदेशमन्त्रीलाई समेत निम्तो दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार