आज मिति २०७८ फागुन २४ गते, मंगलवार, यस्तो छ आजको राशिफल

२०७८ फागुन २४ गते, मंगलवार, ८ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, षष्ठी तिथि। भरणी नक्षत्र, ६ः५९ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष, १३ः२९ बजेदेखि वृष ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
-आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
-आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिक क्षेत्रको कार्य सहजै अघि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
-आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
-सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
-आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
-आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
-आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
-आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
-आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
-आज मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
-आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
-आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार