माओवादी नेताको कार्यविभाजन हुने, चुनावी तालमेलका लागि कार्यदल गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सकिएको छ । बैठकले केही केन्द्रीय सदस्य थपेको छ । भने नेताहरुको कार्यविभाजन समेत गरेको छ ।बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकमा मनोनित गर्न बाँकी ९७ जनाको नाम अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए ।

तर, ती सबै नाममा सहमति जुट्न नसक्दा प्रस्तावित मध्य ५० जनालाई मात्रै अनुमोदन गर्दै बैठक सकिएको हो ।केन्द्रीय सदस्य वर्षमान पुनका अनुसार हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने जानकारी दिए ।

उनका अनुसार अब माओवादीमा २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य समेत हुनेछन् । ३४४ को २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य बनाउँदा त्यो ८६ जना हुन्छ ।वैकल्पिक केन्द्रीय सदस्यलाई मतदानको अधिकार भने हुँदैन ।

त्यस्तै माओवादीले स्थानीय तहमा चुनावी तालमेलका लागि एक कार्यदल बनाउने निर्णय समेत गरेको नेता पुनले जानकारी दिए ।बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन पनि अर्को बैठकबाट गर्ने भएको छ। आगामी जेठ २० मा बस्ने बैठकबाट त्यो टुंगो लगाइने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार