माओवादी बैठक : प्रस्तावित केन्द्रीय सदस्यको नामावलीमा विवाद

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा विवाद उत्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय सदस्यको नामावलीमा सहमति नजुटेपछि विवाद बढेको छ ।

बैठकमा रिक्त केन्द्रीय सदस्य र मनोनीत १५ प्रतिशतसहित अध्यक्ष प्रचण्डले ९७ जनाको नाम केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेका थिए ।प्रस्तावित नाममध्ये केहीमा नेताहरुले नै असन्तुष्टी जनाएपछि विवाद उत्पन्न भएको हो ।नेताहरुले आफ्ना पनि मान्छे समेटिनुपर्ने भन्दै नाम दिएपछि त्यो संख्या २५ सय पुगेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार