पीडितको चरित्र हत्या गर्ने युट्युबर पक्राउ

काठमाडौं । पीडितको चरित्र हत्या गर्ने एक युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । पीडिल गायीकाको चरित्र हत्या गर्ने सेलेब नेपाल (Celeb Nepal)  नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका हुन् ।

पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

यस्तै फेसबुकमा नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनको चरित्र हत्या गर्ने ललितपुरका विकास महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार