ललितपुर घटना : धुवाँले निस्सासिएर ५ जनाको ज्यान गएको प्रहरीको अनुमान

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका छन् । दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको छ ।

बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा गएर फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा गएका प्रहरी अधिकृतअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ । मृत्युको यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

सुस्मा स्याङतान (२३ वर्षीया)ले दुई दिनअघि बच्चा जन्माएकी थिइन् । बच्चालाई न्यानोमा राख्न उनीहरुको कोठामा आगो बालेर सुतेको भेटिएको छ । दुई वर्षीय शिशु र अरु ५ जना एउटै कोठामा सुतेका थिए । पाटन अस्पतालमा उपचार गराइरहेका शुभ स्याङतान दुई दिनअघि जन्मिएका शिशुको बुवा हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार