एमसीसीबारे पार्टीले गरेको निणर्यविरुद्ध तीन माओवादी नेताको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेकपा माओवादी केन्द्रका ३ नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयको सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । उनीहरुले पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गरियोस भनी नोट अफ डिसेन्ट राखेका छन् । नेताहरू लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा प्रस्तुत गरेका हुन् ।

उनीहरूले फागुन १८ गते नोट अफ डिसेन्ट पार्टी कार्यालयमा पेश गरेका थिए । सो नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको स्पष्ट गरिएको छ ।

एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरूले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साझेदारीको अंग भनेको तीन नेताले जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार