रुस-युक्रेन युद्धको प्रभाव : नेपालमा इन्धन आपुर्तिमा समस्या उत्पन्न हुने सम्भावना

मूल्य वृद्धिले निगम टाट पल्टिने अवस्थामा

काठमाडौं । रुस र युक्रेनबिचको युद्धको प्रभाव अन्तराष्ट्रिय बजारमा देखिएको छ । विश्वबजारमा तेलको मूल्य अहिले सम्मकै उच्च विन्दूमा पुगेको छ । विश्वको सबैभन्दा ठूलो देश युक्रेनले तेल आपूर्ति लगभग बन्द गरिसकेको छ । युद्धका कारण त्यहाँबाट अन्य मूलुकमा तेलको आपूर्ति हुन सकिराखेको छैन । त्यसको प्रभाव विश्व बजार र नेपालमा पनि परेको छ ।

यस्तै चरम संकटमा पर्ने अवस्थामा नेपाल आयल निगम पनि छ। युद्धको कारणले इन्धनको मूल्य वृद्धिले ऐतिहासिक रेकर्ड राखेको छ। आयल निगमका अनुसार, युद्धपछिको इन्धन आउन बाँकी रहेकोले अझै यसमा उच्च वृद्धि हुनेछ भने यसले हाल भईरहेको करिब ५ अर्बको घाटालाई मासिक रुपमा १० अर्ब पुर्‍याउनेछ। मूल्य वृद्धि गर्दा पनि यस्तो घाटा बेहोर्नुपर्दा आयाल निगम टाट पल्टिने अवस्थामा पुगेको छ भने युद्ध लम्बिरहेमा भविष्यमा इन्धनको आपुर्ति ठप्प हुने अवस्था सिर्जना हुँदैछ।

इन्धन आयातमा नेपाल पूर्ण परनिर्भर छ भने बिजुली आयातमा पनि हिउँदमा ४० प्रतिशतको हाराहारीमा परनिर्भर हुनुपर्ने अवस्था छ। सरकारले दुई दशकभन्दा अघिदेखि आयात न्यूनीकरणको नीति र रणनीति बनाएपनि आयात भने झन बढ्दो छ। आयल निगमका अनुसार, इन्धन आयात प्रतिशत १५ प्रतिशतले वृद्धि हुँदै गएको छ।

यता बिजुलीमा पनि नेपालमा जलाशययुक्त आयोजना निर्माण नभएसम्म हिउँदमा परनिर्भर हुनुपर्ने अवस्था छ तर जलाशययुक्त आयोजना निर्माणतिर सरकारको ध्यान गएको छैन। जलाशययुक्त आयोजना निर्माण सुरु भएपछि निर्माण सम्पन्न हुन कम्तीमा ८ बर्ष लाग्छ तर तयारी अवस्थामा रहेका बुढीगण्डकी, पश्चित सेती लगायतका जलाशययुक्त आयोजना पनि अघि बढ्न सकेका छैनन्।

नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ६ सय मेगावाटको हाराहारीमा विद्युत आयात गरिरहेको छ भने यसमध्ये चार सय मेगावाटभन्दा बढी भारतीय इनर्जी एक्सचेन्ज ९आईईएक्स० बजारबाट आयात गरिरहेको छ।

प्रत्येक १५ मिनेटका लागि फरक फरक मूल्य हुने र दिनको ९६ पटक मूल्य निर्धाणर हुने सो बजारमा पछिल्लो रुस–युक्रेन युद्धले आयातित कोइलामा भएको समस्याकै कारण प्रति युनिट बिजुलीको मूल्य २० भारतीय रुपैयाँ अर्थात ३२ रुपैयाँ नेपालीसम्म पुगेको छ।

विद्युत प्राधिकरणका अनुसार, युक्रेन युद्धको प्रभावकै कारण भारतीय एक्सचेन्ज बजारमा प्रति युनिट ३.८० सम्म रहेको बिजुलीको भाउ बढेर २० रुपैयाँसम्म पुगेको छ भने सरदरमा पनि ४.५५ भारु भन्दा बढी छ।

भारतबाट बिजुली आयात बन्द भएमा बिजुली आपुर्तिका लागि अर्को विकल्प नभएको बताउँदै प्रवक्ता भट्टराई अझै बिजुलीको भाउ प्रति युनिट २० भन्दा बढी जान सक्ने र यस्तो बेलामा उद्योगहरूलाई एउटा पिकमा ऊर्जा नदिएर त्यो बेला नचलाऊ र अरु बेला चलाऊ भन्नुपर्ने अवस्था आउन सक्ने विज्ञहरु बताउँछन् ।

१६ रुपैयाँ घाटा खाएर पनि पेट्रोल प्रति लिटर १५०, साढे ११ रुपैयाँ घाटा खाएर डिजेल १३३, २३ रुपैयाँ घाटा खाएर आन्तरिक हवाई इन्धन १३६ र ६० रुपैयाँ घाटा खाएर बाह्या हवाई इन्धन १।२९५ डलर तथा र ६६५ घाटा खाएर प्रति सिलिण्डर १५७५ रुपैयाँमा निगमले विक्री गरिरहेको छ। आयल निगमका अनुसार युद्ध भएपछिको इन्धन अझै आइनपुगेकोले अझै मूल्य अत्याधिकहुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार