हतियारसहित गाउँ डुल्ने पालिकाका अध्यक्ष

काठमाडौं । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । उनी नेपाली कांग्रेस जाजरकोटका सचिव समेत हुन् । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेका हुन् ।

उनको यो व्यवहारबाट स्थानीय त्रसित भएका छन् । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताए ।उनले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार