खुरखुरेमा सिभिल बैंकको नयाँ शाखा उद्घाटन

समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैङ्कले आफ्नो खुरखुरे शाखा स्थानान्तरण गरेको छ । स्थानन्तरित खुरखुरे शाखाको समुद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरे । हालको कोरोना महामारीको सङ्क्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको सङ्ख्या न्यून गरीएको थियो ।

उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले खुरखुरेमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने कुरा बताए । ब्यापार व्यवसाय विस्तार तथा रोजगारी सृजनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकोमा बैङ्कलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैङ्कबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैङ्कमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

उक्त समारोहका सभापति तथा सिभिल बैङ्कका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैङ्क भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैङ्कको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए । सिभिल बैङ्कले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

करिब साढे पाँच लाख ग्राहकहरूलाई ११४ शाखाहरू, ९ एक्सटेन्सन काउन्टरहरू, ८९ एटिएमहरू मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंककोे हाल सम्म करिब रु. ८९ अर्ब निक्षेप परिचालन गरी करिब रु. ८३ अर्ब कर्जा लगानी गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार