भयावह बन्दै कोरोना, शुक्रबार थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप दुई हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ७९८ पीसीआर परीक्षणमा २ हजार ४४९ जना र ८६६ एन्टीजेन परीक्षण गर्दा ११० गरी जम्‍मा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४१० जना उपचारपछि डिस्चार्ज भएका छन् भने हालसम्म दुई लाख ७६ हजार ७५५ संक्रमित निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने हालसम्म ३ हजार १२२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेको छन् । हाल नेपालका सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ भने ७५ जना क्वारेन्टिनमा रहेका छन् । आजसम्म नेपालमा २३ लाख ८८ हजार २०० जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार