राष्ट्रियसभा उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी त्यागेर एमालेमा प्रवेश गरेका बादललाई नै उपचुनावमा उम्मेदवार बनाउने बताएका हुन् ।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा बादल नै उम्मेदवार हुने र जिताएरै छाड्ने समेत बताए । निर्वाचन आयोगले बिहीबार मात्र राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो ।

उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेको छन् । जसको मतदानबाट राष्ट्रिय सदस्यको नयाँ सदस्य चयन हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार