नेपाल-खनाल समूहका सांसदहरुको छुट्टै बैठक

नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूनिकटका सांसदहरूको भेला राखेका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बालुवाटारमा केहीबेरमा बैठक बस्दैछ ।

बुधबारदेखि झलनाथ-माधव समूहले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । भेलाको आज अन्तिम दिन हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार