सनराइजले अर्जुनधारा झापाबाट सुरु गर्यो ८७ औं शाखारहित बैंकिङ सेवा

सनराइज बैंकको नयाँ शाखारहित बैंकिङ सेवा झापाको अर्जुनधारामा सुरु भएको छ । सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८७ पुगेको छ ।

बैंकले अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्ने झापामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद गौतमलाई नियुक्त गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा अर्जुनधारा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गजाधर खतिवडा तथा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व सनराइज बैंक बुधबारे शाखाकी शाखा प्रबन्धक गीता खतिवडाले गरेकी थिइन् ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार