एमाले रातो घोडा हो, लड्न आउने सबैलाई जित्छौँ : गोकुल बास्कोटा

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा एमाले नेता गोकुल बाँस्कोटाले अबको चुनावमा एमालेले बहुमत ल्याउने दाब गरेका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उनले एमालेविरुद्ध गठबन्धन गरेर आउन अन्य दललाई चुनौती समेत दिए ।

नेता बास्कोटाले एमाले रातो घोडा भएको भन्दै अन्य दलहरूलाई एमालेसँग लड्न आउन चुनौति दिएका छन् । वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने जिकिर गर्दै उनले एमालेसँग जो–जो आउनुहुन्छ लड्न आउनुस् हामी जित्छौँ भन्दै आग्रह समेत गरे ।

उनले भने,‘यो देशमा ओलिवेशन आयो–आयो म दाबीका साथ भन्छु, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं ।’ साथै उनले अहिलेको सरकारलाई महावीर पुनको आविस्कार केन्द्रमा गएर नयाँ कुरा सिकेर आउन आग्रह गरे । उनले पत्रकार महासंघका मर्यादामाथि प्रश्न उठाउपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार