कोभिडका कारण डिप्रेसनका बिरामी बढेको डब्लूएचओको निष्कर्ष

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीका कारण विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा बृद्धि भएको डब्लूएचओको भनाई छ ।साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले बृद्धि भएको थियो ।

उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो । पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए ।महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो । कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथााइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार